एमालेको केन्द्रीय कमिटी बैठक धनगढीमा बस्ने

हिमाल प्रेस १४ भदौ २०८० १०:०७ | Thursday, August 31, 2023
एमालेको केन्द्रीय कमिटी बैठक धनगढीमा बस्ने नेकपा एमालेको केन्द्रीय कार्यालय।

काठमाडौँ- नेकपा एमालेको अबको केन्द्रीय कमिटी बैठक धनगढीमा बस्ने भएको छ।

मधेश प्रदेशको सप्तरीमा बसेको बुधबारको सचिवालय बैठकले आगामी मंसिर तेस्रो साता बस्ने केन्द्रीय कमिटी बैठक सुदूरपश्चिम प्रदेशको धनगढीमा बस्ने भएको छ। नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङका अनुसार मिति भने अब बस्ने सचिवालय बैठकले तोक्ने छ।

बुधबारको सचिवालय बैठकले एमालेले मध्यपहाडी लोकमार्गमा जनसंवाद कार्यक्रम सञ्चालनको सन्दर्भ पारेर धनगढीमा बैठक राख्ने निर्णय गरेको हो। बैठक सकिएपछि मध्पहाडी लोकमार्गको पश्चिम खण्डको सुरुवाती विन्दु वैतडीको झुलाघाटबाट महाकाली मेची अभियान प्रारम्भ हुनेछ।

यस अभियानलाई ‘एमालेले मध्यपहाडी जनसंवाद’ कार्यक्रमको संज्ञा दिएको छ। मध्यपहाडको एमालेको यो जनसंवाद करिब ३५ दिन सञ्चालन हुने एमालेले जनाएको छ।

प्रकाशित: १४ भदौ २०८० १०:०७ | Thursday, August 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast