एनडीसी टोलीको नेपाल भ्रमण सम्पन्न

हिमाल प्रेस १४ भदौ २०८० २०:४८ | Thursday, August 31, 2023
एनडीसी टोलीको नेपाल भ्रमण सम्पन्न

काठमाडौँ- विभिन्न मुलुकका नेसनल डिफेन्स कलेज (एनडीसी) टोलीले नेपाल भ्रमण गरेको छ। भारत, जर्मनी, बंगलादेश, श्रीलंका, साउदी अरब, बेलायत र ओमानका निजामती सेवा तथा रक्षा बलका अधिकारी सम्मिलित राष्ट्रिय रक्षा महाविद्यालय (नेसनल डिफेन्स कलेज)को टोलीले नेपाल भ्रमण सम्पन्न गरेको हो।

टोलीमा १६ जना वरिष्ठ अधिकारीको सहभागिता रहेको थियो। उक्त टोली गत आइतबार नेपाल आएको थियो। एयरभाइस मार्शल मनीषकुमार गुप्ताको नेतृत्वमा नेपाल आएकोे उक्त टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेको थियो।

टोलीले एनडीसीका भूतपूर्व विद्यार्थी एवं प्रधानसेनापति प्रभुराम शर्मासँग पनि भेट गरी द्विपक्षीय सैन्य सहकार्यका विषयमा छलफल गरेको थियो। त्यस्तै टोलीले पोखरास्थित पश्चिम पृतना मुख्यालयको भ्रमण गरी त्यहाँका वरिष्ठ अधिकारीसँग पनि भेट गरेको थियो।

राष्ट्रिय मार्ग तथा रणनीतिक पक्षबारे वरिष्ठ रक्षा तथा निजामती सेवाका अधिकारीलाई प्रशिक्षण दिने एनडीसी विश्वकै प्रमुख प्रशिक्षण संस्थाहरूमध्येमा पर्छ।

प्रकाशित: १४ भदौ २०८० २०:४८ | Thursday, August 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast