 महोत्तरीको मुख्य भन्सार नाका भिट्ठामोडमा भन्सार जाँचका लागि लामबद्ध मालवाहक ट्रक । तस्बिर : सञ्जीतकुमार मण्डल/रासस
                             महोत्तरीको मुख्य भन्सार नाका भिट्ठामोडमा भन्सार जाँचका लागि लामबद्ध मालवाहक ट्रक । तस्बिर : सञ्जीतकुमार मण्डल/रासस
                                            काठमाडौँ- चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामै नेपाललाई १ खर्ब १५ अर्ब ७१ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको छ।
भन्सार विभागका अनुसार साउन महिनामा नेपालले कुल १ खर्ब ४२ अर्ब ७६ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ। यसमा नेपालले १ खर्ब २९ अर्ब २३ करोडको सामान आयात गर्दा जम्मा १३ अर्ब ५२ करोड रुपैयाँको सामान निर्यात गरेको छ।
आयात, निर्यातको अनुपात हेर्दा चालु आवको साउनमा नेपालले ९१ प्रतिशत सामग्री आयात गर्दा ९ प्रतिशत सामान निर्यात गरेको छ। गत वर्ष आयात, निर्यात अनुपात ९०:१० थियो।
चालु आवको साउनमा गत वर्षभन्दा आयात, निर्यात दुवै घटेको छ। यो साउनमा गत आवको साउनभन्दा १.५६ प्रतिशतले आयात घटेको छ भने ९ प्रतिशतले निर्यातमा गिरावाट आएको छ।
                            प्रकाशित: ६ भदौ  २०८० १५:१३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 