काठमाडौँ- सुन तस्करी प्रकरणमा पक्राउ परेका व्यवसायी रोहन अडुकियालाई छाडिएको छ।
उनलाई विमानस्थल अध्यागमन कार्यालयले आज (शनिबार) बिहान छाडेको त्रिभुवन विमानस्थलका अध्यागमन कार्यालय प्रमुख रामबन्दु सुबेदीले जानकारी दिए।
बोलाएको बेला सम्पर्कमा आउने सर्तमा उनी छुटेका हुन्।
रोहन शुक्रबार पक्राउ गरिएको थियो।
अडुकियालाई पक्राउ गर्न राजस्व अनुसन्धान विभागले अध्यागमन विभागमा पत्र पठाएको थियो। राजस्वको पत्रअनुसार अध्यागमनले अडुकियाको राहदानी कालोसूचीमा राखेर निगरानी गरिरहेको थियो।
तर उक्त प्रकरण अनुसन्धान गरिरहेका राजस्व अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) दुवैले बुझ्न नमानेपछि उनलाई अध्यागमनले छाडिदिएको हो।
प्रकाशित: २७ साउन २०८० १३:०५ | Saturday, August 12, 2023
प्रतिक्रिया





