एकसिटे जसपा कोशी सरकारमा सहभागी

हिमाल प्रेस २६ साउन २०८० १८:४२ | Friday, August 11, 2023
एकसिटे जसपा कोशी सरकारमा सहभागी

इटहरी- कोशी प्रदेशमा एकसिटे जनता समाजवादी पार्टी (जसपा) की सांसद निर्मला लिम्बू स्वास्थ्य मन्त्री नियुक्त भएकी छन्। मुख्यमन्त्री उद्वव थापाले उनलाई शुक्रबार (आज) मन्त्री नियुक्त गरेका हुन्। मन्त्री नियुक्त भएसँगै उनलाई प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएकी छन्।

९३ सदस्यीय प्रदेशसभामा लिम्बू जसपाकी एकमात्र सांसद हुन्। यसअघि उनी हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पनि स्वास्थ्य मन्त्री नै थिइन्।

लिम्बू मन्त्री बनेपछि कोशी प्रदेश सरकार पाँच सदस्यीय भएको छ। यसअघि पूर्वसभामुख एवं माओवादी सांसद बाबुराम गौतमले आर्थिक मामिला तथा योजना, कांग्रेसका प्रदीप सुनुवारले खानेपानी, सिँचाई तथा उर्जा र एकीकृत समाजवादीका कमलप्रसाद जबेगूले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।

प्रकाशित: २६ साउन २०८० १८:४२ | Friday, August 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast