एएफसी छनोट कप : मोहन बगानसँग मछिन्द्र पराजित

हिमाल प्रेस ३१ साउन २०८० २१:४२ | Wednesday, August 16, 2023
एएफसी छनोट कप : मोहन बगानसँग मछिन्द्र पराजित

काठमाडौँ- एएफसी कप छनोटको दोस्रो चरणमा नेपालको मछिन्द्र फुटबल क्लब भारतीय मोहन बगान सुपर जायन्ट क्लबसँग पराजित भएको छ। कोलकातास्थित साल्ट लेक रंगशालामा बुधबार सम्पन्न खेलमा नेपाल ३-१ गोलले हारेको हो। हारसँगै मछिन्द्र क्लब एएफसी कप छनोटबाट बाहिरिएको छ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग उपविजेता मछिन्द्रले पहिलो चरणमा भुटानको पारो एफसीलाई ३२ ले हराउँदै इन्डियन सुपर लिग (आइएसएल) टोली मोहन बगानसँगको खेलेको हो।

अब मोहन बगानले प्लेअफको फाइनलमा बंगलादेशी क्लब अवाहानी लिमिटेड एफसीको सामना गर्नेछ। बुधबार नै भएको अर्को खेलमा अवाहानीले माल्दिभ्सको क्लब इगल्सलाई २-१ ले पराजित गरेको छ।

प्रकाशित: ३१ साउन २०८० २१:४२ | Wednesday, August 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast