उद्धारमा नेपाली सेना

हिमाल प्रेस २८ साउन २०८० १९:०९ | Sunday, August 13, 2023
उद्धारमा नेपाली सेना

काठमाडौँ- अविरल वर्षाका कारण प्रभावित क्षेत्रहरूमा नेपाली सेनाले उद्धार कार्य जारी राखेको छ।

सेनाका अनुसार पहिरो खसेर अवरुद्ध भएको धादिङ गजुरी-१, पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका कार्यालय भवन नजिकको सडक खुलाइएको छ। विभिन्न निकायहरूसँगको सहकार्यमा रुख र पहिरो हटाएर बाटो खुलाइएको सेनाको भनाइ छ।

यस्तै खोलाले बगाएर बेपत्ता भएका दाङ घोराही-११, झमरेका तिलकराम विक, बर्दिया गुलरिया–१०, का अक्षय थारुको खोजी भइरहेको सेनाले जनाएको छ। पहिरोमा परेर बेपत्ता भएका दोलखा विगु गाउँपालिका-७, तिनपानेका ३५ वर्षीय निमा दोर्जे शेर्पा र १० वर्षीय पासाङ शेर्पाको पनि खोजी भइरहेको सेनाले जानकारी दिएको छ।

‘सम्भावित विपद्का घटनाहरूलाई दृष्टिगत गरी नेपाली सेनाको खोज तथा उध्दार टोली देशका विभिन्न स्थानहरूमा तैनाथ रहनुका साथै हवाई उध्दारका लागि इटहरी, काठमाडौं र सुर्खेतमा सैनिक हेलिकप्टरहरूसमेत तयारी अवस्थामा रहेका छन्,’ सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २८ साउन २०८० १९:०९ | Sunday, August 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast