 फाइल तस्बिर।
                             फाइल तस्बिर।
                                            उदयपुर– उदयपुरको त्रियुगा नगरपालिकाका बालबालिका आँखा पाक्ने रोगबाट प्रभावित छन्। नगर क्षेत्रको गाईघाट बजारसहित जलजले, देउरी, बगाहा, बोक्से तथा सहरी क्षेत्रका बालबालिका आँखा पाक्ने समस्याबाट बढी पीडित छन्।
एक हप्ताअघि देखिएको आँखाको रोग अहिले बिस्तारै नगरक्षेत्रभरि फैलिन थालेको छ।
जिल्ला अस्पतालका बालरोग विशेषज्ञ डा. निरज सिंहका अनुसार अहिले दैनिक स-साना बालबालिकासमेत उपचारका लागि अस्पताल आउने गरेका छन्।
‘अधिकांश आँखा पाक्ने रोगबाट प्रभावित छन्,’ उनले भने। दैनिक ८० देखि एक सय जनाको हाराहारीमा बालबालिका उपचारका लागि आउने गरेका छन्। जिल्ला अस्पतालका प्रमुख डा. ज्ञानेन्द्र झाले नगरक्षेत्रका अधिकांश विद्यालयका बालबालिका यस रोगबाट पीडित छन्।
गाईघाट बजारकी सन्ध्या थापा १५ वर्षीय छोरा, ९ वर्षीया छोरी र ४ वर्षीया छोरी आँखा पाक्ने रोगबाट पीडित भएको बताउँछन्। घरमै चिकित्सको सल्लाहअनुसार नियमित औषधि प्रयोग गरिरहेको उनले बताए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 