ईसीडी शिक्षकलाई तनाव नदिन संघर्ष समितिको आग्रह

हिमाल प्रेस ३ भदौ २०८० १९:३५ | Sunday, August 20, 2023
ईसीडी शिक्षकलाई तनाव नदिन संघर्ष समितिको आग्रह फाइल तस्बिर

काठमाडौँ- चितवनको राप्ती नगरपालिकाअन्तर्गत रहेका बालविकास सहजकर्ता (ईसीडी) शिक्षकहरूलाई पेसाबाट हटाउने निर्णयप्रति नेपाल बालविकास शिक्षक संघर्ष केन्द्रीय समितिले आपत्ति जनाएको छ। राप्ति नगरपालिकाले ११ जना बाल विकास शिक्षकलाई एकैपटक विस्थापित गरेपछि समितिले आपत्ति जनाएको हो।

‘शैक्षिक योग्यता कम भएको बहानाबाजी गरी निज शिक्षकहरुलाई पेसाबाट निष्कासन गर्ने उक्त पालिकाको निर्णय निर्देशनप्रति हामी सम्पूर्ण बालविकास शिक्षकका घोर आपत्ति जनाउँदछौँ’, समितिका महासचिव  निर्मला गिरी र अध्यक्ष कृष्णकुमारी थापा मगरले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सुरुवाती समयमा राज्यले योग्य ठानी नियुक्ति दिएको तर अहिले समयसापेक्ष पेसामा स्थापित गरिनुपर्नेमा नगरपालिकाले मनोमानी निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।

उनीहरूले भनेका छन्, ‘बाल विकास सहजकर्ताको साथीहरूलाई मनोबल गिराउने र मानसिक तनाव दिने गरी जबरजस्ती विस्थापित गरेको निर्णय निर्देशन मानवअधिकार हनन भएको छ।’ समितिले यस्ता कार्य रोक्न सबै सरोकार पक्षसँग आग्रह गरेको छ।

प्रकाशित: ३ भदौ २०८० १९:३५ | Sunday, August 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast