इस्लिङ्टन कलेजले गर्‍यो ‘फ्युचरामा २०२३’ आईटी कार्यक्रम

हिमाल प्रेस ५ भदौ २०८० १६:२३ | Tuesday, August 22, 2023
इस्लिङ्टन कलेजले गर्‍यो ‘फ्युचरामा २०२३’ आईटी कार्यक्रम

काठमाडौँ- इस्लिङ्टन कलेजले ‘फ्युचरामा २०२३’ आईटी कार्यक्रम गरेको छ। कलेजले आईएनजी स्किल एकेडेमीसँगको सहकार्यमा आगामी पुस्ताका आईटीलाई प्रेरणा र सशक्तीकरण गर्न ‘फ्युचरामा २०२३’ कार्यक्रम गरेको हो। उक्त कार्यक्रम तीनसम्म चलेको थियो।

कमलपोखरीस्थित इस्लिङ्टन कलेजमा बिहीबार सुरु भएको ‘फ्युचरामा २०२३’ प्रदर्शनीमा आईएनजी समूह अन्तर्गतका इस्लिङ्टन, इटहरी इन्टरनेसनललगायत कलेजमा अध्ययनरत विद्यार्थीको सहभागिता थियो।

सहभागीहरूले विभिन्न प्रकारका इन्टरनेट अफ थिङ्स (आईओटी)सँगै साइबर सुरक्षा र भिडियो एनिमेसनसम्बन्धी जानकारीमूलक विषयवस्तुको अवलोकन गरेका थिए। कार्यक्रममा एआई र रोबोटिक्स, वाकिङ पियानो, ड्रोन, र गोकार्टजस्ता मनमोहक बुथहरू राखिएको थियो। उक्त बुथहरूले प्राविधिक विकास देखाएको कलेजले बताएको छ।

लाइभ डेमोमा ३०औँ शताब्दीको कार रेस, लाइन फलोइङ रोबोट, एनिमेसनलगायत समावेश गरिएका थिए।

प्रकाशित: ५ भदौ २०८० १६:२३ | Tuesday, August 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast