इन्जिनियरिङ शिक्षामा बढाएको शुल्क फिर्ता लिने सहमति

हिमाल प्रेस १३ भदौ २०८० २०:३१ | Wednesday, August 30, 2023
इन्जिनियरिङ शिक्षामा बढाएको शुल्क फिर्ता लिने सहमति

काठमाडौँ- इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत वृद्धि गरिएको शुल्क फिर्ता लिने सहमति गरिएको छ। आज (बुधबार) त्रिभुवन विश्वविद्यालयका पदाधिकारी तथा विभिन्न विद्यार्थी संगठनका पदाधिकारीबीच सहमति भएको हो।

छलफलमा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, शिक्षाध्यक्ष प्राडा शिवलाल भुसाल, रजिस्ट्रार प्राडा पेशल दाहाललगायत थिए। विद्यार्थी संगठनका तर्फबाट नेविसंघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियूलगायतका अध्यक्षहरूको सहभागिता थियो।

छलफलपछि ५ बुँदे निर्णय गरिएको छ। वृद्धि गरिएको शुल्क फिर्ता लिन निर्देशन दिने, विद्यार्थी प्रतिनिधिसहित गठन हुने समितिले सात दिनभित्र प्रतिवेदन पेस गर्ने र प्राप्त राय सुझावको आधारमा कायम गरिने शुल्कलाई लागू गर्न सबै पक्ष सहमत हुने, सो शुल्क लागू गर्न सहमत भइसकेको अवस्थामा स्थगित प्रवेश परीक्षालगायत कार्यक्रम सुरु गर्ने, संस्थाअन्तर्गतका अन्य परीक्षाहरू यथावत् सञ्चालनमा बाधा अवरोध नगर्ने र आमरण अनशनलगायतका कार्यक्रम फिर्ता लिने निर्णय गरिएको हो।

प्रकाशित: १३ भदौ २०८० २०:३१ | Wednesday, August 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast