इन्जिनियरिङ अध्ययनबापतको शुल्क बढाएपछि विद्यार्थी आन्दोलित [तस्बिरहरू]

दिपेश श्रेष्ठ १२ भदौ २०८० १५:५८ | Tuesday, August 29, 2023
इन्जिनियरिङ अध्ययनबापतको शुल्क बढाएपछि विद्यार्थी आन्दोलित [तस्बिरहरू]

काठमाडौँ- पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानको डिन कार्यालय परिसरमा नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ। स‌ंस्थानले गरेको शुल्क वृद्धि फिर्ताको माग गर्दै आमरण अनशनरत सुलभ चापागाँईको समर्थनमा नेपाल विद्यार्थी संघले पुत्ला बनाएर विरोध प्रदर्शन गरेको हो।

पुत्ला बोकेर प्रतिकात्मक शव यात्रासहित पुल्चोकबाट बालुवाटारस्थित प्रधानमन्त्री निवाससम्म जाने तयारी भए पनि प्रदर्शनकारीबाट प्रहरीले पुत्ला खोसेको थियो। इन्जिनियरिङ अध्ययन संस्थानले इन्जिनियरिङ अध्ययनबापतको शुल्क बढाएपछि विद्यार्थीले विरोध गरिरहेका छन्।

प्रकाशित: १२ भदौ २०८० १५:५८ | Tuesday, August 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast