इथियोपियामा भएको झडपमा १८३ जनाको मृत्यु

हिमाल प्रेस १२ भदौ २०८० २१:२६ | Tuesday, August 29, 2023
इथियोपियामा भएको झडपमा १८३ जनाको मृत्यु तस्बिरः अफ्रिकान्युज।

काठमाडौँ- इथियोपियाको अम्हारामा भएको झडपमा कम्तीमा १८३ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। जुलाई यता भएका झडपमा सो संख्यामा मृत्यु भएको संयुक्त राष्ट्रसंघले मंगलबार जानकारी दिएको हो।

छिमेकी क्षेत्र टिग्रेमा भएको विनाशकारी युद्धको अन्त्यपछि यस वर्ष उत्तरी क्षेत्रमा तनाव बढेको थियो, जसमा अम्हाराका लडाकूहरू पनि सामेल थिए।

गत अप्रिलमा संघीय सरकारले देशभरका क्षेत्रीय शक्तिलाई ध्वस्त पार्ने घोषणा गरेको थियो। यस घोषणाले उनीहरूको क्षेत्रलाई कमजोर पार्ने बताउँदै अम्हारा राष्ट्रवादीहरूले विरोध प्रदर्शन सुरू गरेका थिए।

जुलाईको सुरुमा राष्ट्रिय सेना र फानो भनिने स्थानीय लडाकूहरूबीच झडप भएको थियो, जसका कारण अगस्ट ४ मा अदिस अबाबाका अधिकारीहरूले ६ महिनाका लागि आपतकालीन अवस्था घोषणा गरेका थिए। रासस–सिन्ह्वा

प्रकाशित: १२ भदौ २०८० २१:२६ | Tuesday, August 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast