आरजुविरूद्ध भ्रामक प्रचार गर्नेलाई कारबाही गर्न तरुण दलले सरकारलाई दियो अल्टिमेटम

हिमाल प्रेस १९ साउन २०८० १३:११ | Friday, August 4, 2023
आरजुविरूद्ध भ्रामक प्रचार गर्नेलाई कारबाही गर्न तरुण दलले सरकारलाई दियो अल्टिमेटम

काठमाडौँ- नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद आरजु राणा देउवाविरुद्ध भ्रामक प्रचार गर्नेलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ। शुक्रबार तरुण दलका अध्यक्ष विद्वान गुरुङले विज्ञप्ति जारी गर्दै राणाविरुद्ध प्रचार गर्नेलाई कानुनी दायरामा ल्याउन तीन दिनको अल्टिमेटम दिएका हुन्।

राजनीतिक पूर्वाग्रह राखेर विभिन्न व्यक्ति र समूहले आरजुविरूद्ध प्रतिष्ठा, इज्जत, मानमर्यादामा प्रत्यक्ष आँच पुर्‍याउने गरी सामाजिक सञ्जालमा पोस्टहरू गरेको पाइएको भन्दै तरुण दलले आपत्ति जनाएको हो।

प्रकाशित: १९ साउन २०८० १३:११ | Friday, August 4, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast