 
                             
                                            काठमाडौँ– शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ। आयोगले उम्मेदवारहरूको परीक्षा केन्द्रगत रोल नम्बरसहितको विवरण सार्वजनिक गरेको हो। परीक्षा यही भदौ २३ गते बिहान ११ बजेदेखि सञ्चालन हुने कार्यतालिका छ।
कोशी प्रदेशको मोरङ, मधेश प्रदेशको धनुषा, बागमती प्रदेशको काठमाडौँ र मकवानपुर, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलालीका विभिन्न जिल्लामा तोकिएको छ।
                            प्रकाशित: ७ भदौ  २०८० १८:०२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                    


 
  
  
  
  
  
  
  
  
  
 