आन्तरिक प्रतिस्पर्धाबाट शिक्षक बढुवा गर्दै आयोग, आवेदन माग

हिमाल प्रेस ११ भदौ २०८० ८:०८ | Monday, August 28, 2023
आन्तरिक प्रतिस्पर्धाबाट शिक्षक बढुवा गर्दै आयोग, आवेदन माग

काठमाडौँ- शिक्षक सेवा आयोगले आन्तरिक परीक्षाबाट शिक्षक बढुवा गर्ने भएको छ। आयोगले आन्तरिक प्रतियोगितात्मक परीक्षा (२५ प्रतिशत) र कार्य सम्पादन मूल्यांकन (७५ प्रतिशत) को आधारमा शिक्षक बढुवा गर्ने तयारी गरेको हो। आयोगले एक सूचना जारी गर्दे आवेदन माग गरेको छ।

सामुदायिक विद्यालयमा नेपाल सरकारबाट स्वीकृत दरबन्दी अनुसार विभिन्न जिल्ला तह र श्रेणीमा रिक्तरहेका शिक्षक पदहरूमा आन्तरिक प्रतियोगितात्मक परीक्षा र कार्य क्षमता मूल्यांकनका आधारमा बढुवाद्वारा पूर्तिगर्नका लागि आवेदन माग गरेको हो।

शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २७ बमोजिम बढुवाको निमित्त सम्भाव्य उम्मेदवारहरूले आयोगबाट निर्धारित दरखास्त फाराम भर्नुपर्ने शिक्षक सेवा आयोगको जनाएको छ।

यसैबीच आयोगले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई आवश्यक सहयोग र समन्वयका लागि आग्रह गरेको छ। जसअनुसार सम्पूर्ण एकाइहरूले आफ्नो जिल्लाभित्र कार्यरत २०७९ चैत मसान्तसम्म पाँच शैक्षिक सत्र पूरा गरेका शिक्षकको कार्यसम्पादन मूल्यांकन बढुवाको दरखास्त फाराम भर्न पाउनेछन्। आगामी असोज १५ गतेभित्र फाराम दर्ता गरी म्याद समाप्त भएको मितिले १५ दिनभित्र सम्बन्धित प्रदेशस्थित शिक्षा विकास निर्देशनालयमा पठाउन र शैक्षिक सत्र २०७९ को कासमू फाराम मूल्यांकन गरी निर्देशनालयमा पठाइदिनु अनुरोध गरेको छ।

जिल्लागत रूपमा तह र सिट संख्या

प्रकाशित: ११ भदौ २०८० ८:०८ | Monday, August 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast