आदिवासी जनजातिको हकअधिकारमा सरकार संवेदनशील रहेको छ : मुख्यमन्त्री पाण्डे

हिमाल प्रेस २४ साउन २०८० १२:३१ | Wednesday, August 9, 2023
आदिवासी जनजातिको हकअधिकारमा सरकार संवेदनशील रहेको छ : मुख्यमन्त्री पाण्डे कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे।
गण्डकी- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिवासी जनजातिको हकअधिकारको विषयमा प्रदेश सरकार संवेदनशील रहेको बताएका छन्।
विश्व आदिवासी दिवसका अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उनले जातीय विविधता भएको गण्डकी प्रदेश रहेको उल्लेख गरे।
‘जनजाति भाषा, संस्कृति, परम्परागत ज्ञान, तथा प्राकृतिक स्रोतका धनी समुदाय मानिन्छन्।
अधिकार तथा आर्थिक विकासका दृष्टिकोणले अझै उत्पीडित र विभिन्न वर्ग समुदायमा रहेका जनजातिको उत्थान गर्ने दायित्व हामी सबैको हो’, सन्देशमा भनिएको छ।
संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभरिका आदिवासी जनजातिले सन् १९९५ देखि जनजाति अधिकारका लागि अन्तर्राष्ट्रिय पर्वको रूपमा यो दिवस मनाउँदै आइएको र ‘आत्मनिर्णयका लागि परिवर्तनका संबाहक आदिवासी युवा’ भन्ने नाराका साथ आज संसारभरिका आदिवासी समुदायले यो दिवस मनाइरहेको सन्देशमा उल्लेख छ।
प्रकाशित: २४ साउन २०८० १२:३१ | Wednesday, August 9, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast