आज राष्ट्रिय सूचना दिवस मनाइँदै

हिमाल प्रेस ३ भदौ २०८० ९:१४ | Sunday, August 20, 2023
आज राष्ट्रिय सूचना दिवस मनाइँदै

काठमाडौँ- नेपालमा आज १७ औँ राष्ट्रिय सूचना दिवस मनाइँदैछ। सूचनाको हकसम्बन्धी ऐन, २०६४ कार्यान्वयनमा आएको दिन भदौ ३ गतेलाई राष्ट्रिय सूचना दिवसका रूपमा मनाइँदै आएको छ।

राष्ट्रिय सूचना आयोगले १७औँ राष्ट्रिय सूचना दिवसका अवसरमा प्रतिबद्धतापत्र जारी गर्दै सूचनाको हक कार्यान्वयनमा जोड दिनुपर्ने बताएको छ। आयोगले सूचनाको हक कार्यान्वयनमा सक्रियतापूर्वक भूमिका निर्वाह गर्न गराउन सार्वजनिक निकायलाई आह्वानसमेत गरेको छ।

सूचनाको हकसम्बन्धी संवैधानिक तथा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न गराउन सार्वजनिक निकायको भूमिका महत्त्वपूर्ण हुने र माग गरिएको सूचना सहज रूपमा प्राप्त गर्दा सार्वजनिक निकायप्रति नागरिकको धारणा सकारात्मक हुने आयोगले जारी गेको प्रतिबद्धता पत्रमा उल्लेख छ।

दिवसका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि शुभकामना व्यक्त गरेका छन्। नागरिकको महत्त्वपूर्ण अधिकारका रूपमा सूचनाको अधिकारलाई ग्यारेन्टी गर्ने सूचनाको हकसम्बन्धी कानुन निर्माण भएको १६ वर्ष पूरा भए पनि नागरिकले जुन रूपमा अधिकारको व्यापक प्रयोग गर्नुपर्ने हो त्यसो हुन नसकेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरेका छन्।

प्रकाशित: ३ भदौ २०८० ९:१४ | Sunday, August 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast