काठमाडौँ- नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष दुजाङ शेर्पाले विस्तारित केन्द्रीय समितिमा महत्वपूर्ण व्यक्ति छुटेको बताएका छन्।
समयमा संघको महाधिवेशन हुन नसक्नु, उमेर हदबन्दी र स्ववियु निर्वाचनलाई सफल बनाउन त्याग र मेहनतीलाई सम्मान गर्दा ठूलो समिति बनेको बताएका हुन्।
अझै पनि विविध कारणवश धेरै महत्वपूर्ण व्यक्ति छुटेका भए पनि अटाएर लैजाने जानकारी गराएका छन्।
नेविसंघमा तदर्थ समिति विस्तार गरेपछि नेविसंघमा असन्तुष्टि बढेको छ। असन्तुष्ट पक्षले भिन्नै भेला बोलाएर समानान्तर गठन गर्न लागेका छन्।
यही कारण शेर्पाले आज संघको कुनै पनि भेला नरहेको जानकारी गराएका हुन्। झन्डै डेढ वर्ष अघि शेर्पा नेविसंघ अध्यक्षमा चयन भएका थिए।
शेर्पालाई नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अध्यक्ष बनाएका हुन्।
प्रकाशित: २४ साउन २०८० १३:१९ | Wednesday, August 9, 2023
प्रतिक्रिया




