आजदेख झरी कम हुने

हिमाल प्रेस १० भदौ २०८० १०:१० | Sunday, August 27, 2023
आजदेख झरी कम हुने

काठमाडौँ- मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा छ। साथै नेपालमा अहिले भारतको उत्तर प्रदेशको उत्तरपूर्वी क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्र र बङ्लादेशको उत्तरी भू-भागमा रहेको न्यूनचापीय क्षेत्रकोसमेत प्रभाव छ।

केही दिनदेखि परेको लगातारको वर्षा आज (आइतबार)देखि कम हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। पश्चिम क्षेत्रबाट मौसममा केही सुधार हुँदै गएको र आजदेखि मौसममा केही सुधार आउने मौसमविद् सञ्जीव अधिकारीले बताए। ‘लगातारको वर्षा आजबाट रोकिने छ,’ उनले भने, ‘तर देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै छ।’

आज दिउँसो मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको मौसमविद् अधिकारीले जानकारी दिए। गए राति कोशी, मधेस, गण्डकी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षा भएको र अहिले कोशी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

काठमाडौँ उपत्यकामा आज आंशिकदेखि सामान्य बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ।

प्रकाशित: १० भदौ २०८० १०:१० | Sunday, August 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast