आइएमई पेले ल्यायो ‘विकेट टु विन’ अफर

हिमाल प्रेस ९ भदौ २०८० १८:२२ | Saturday, August 26, 2023
आइएमई पेले ल्यायो ‘विकेट टु विन’ अफर

काठमाडौँ- एसिया कप क्रिकेटलाई लक्षित गर्दै आइएमई पेले ‘विकेट टु विन’ अफर ल्याएको छ। डिजिटल वालेट ‘आइएमई पेले’ एसिया कप क्रिकेट २०२३ मा नेपालको सहभागिताको खुसीयालीस्वरूप उक्त अफर ल्याएको हो।

अफर शु्क्रबारदेखि लागू भइसकेको छ। मंगलबारसम्म चल्ने अफरअन्तर्गत सेवाग्राहीले आइएमई पे मार्फत टेलिभिजनको बिल भुक्तानी गर्ने क्रममा ‘एसिया कप’ प्रोमो कोडको प्रयोग गरी १५० रुपैयाँसम्म छुट पाउने कम्पनीले जानकारी दिएको छ।

अफरमा सहभागी हुने ग्राहकमध्ये भाग्यशाली एक जनाले डिशहोमको फाइबर नेटको एक वर्षको निशुल्क सब्सक्रिप्सन पनि जित्न सक्ने कम्पनीको भनाइ छ। अफरले क्रिकेट प्रेमी दर्शकको उत्साहलाई थप उर्जा प्रदान गर्ने विश्वास लिइएको आइएमई पेका सीईओ प्रवीण रेग्मीले बताए।

प्रकाशित: ९ भदौ २०८० १८:२२ | Saturday, August 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast