अस्करका लागि नेपाली फिल्म आह्वान

हिमाल प्रेस १२ भदौ २०८० १२:५५ | Tuesday, August 29, 2023
अस्करका लागि नेपाली फिल्म आह्वान

काठमाडौँ- नेपालको इन्टरनेसनल फिचर फिल्म छनोट समितिले ९६औँ ‘एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेस  (अस्कर) अवार्डमा सहभागी हुन चाहने फिल्मका लागि आवेदन खुल्ला गरेको छ। अन्तर्राष्ट्रिय फिचर विधाका लागि समितिले फिल्म आह्वान गरेको हो।

समितिले विज्ञप्ति जारी गर्दै अस्करमा प्रतिस्पर्धा गर्न चाहने नेपाली फिल्मकर्मीले आफ्नो फिल्म सेप्टेम्बर १५ (भदौ २९)सम्म बुझाउनुपर्ने जानकारी गराएको छ।

फिल्म निर्देशक राजु केसी (राजु खत्री क्षेत्री) को नेतृत्वमा नवगठित अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले एकेडेमीद्वारा तोकिएका सबै मापदण्ड पुग्ने एउटा उत्कृष्ट फिल्म छनोट गरी सो प्रतियोगितामा प्रतिस्पर्धी फिल्मका रूपमा सिफारिस गर्नेछ। अस्करमा जान नेपाली फिल्मले प्राविधिक मापदण्डसँगै हलमा कम्तिमा एक हप्ता चलेको प्रमाण पेस गर्नुपर्नेछ।

१० मार्च २०२४ मा अमेरिकाको लस एन्जलसको डल्बी थिएटरमा ९६औँ अस्कर अवार्ड समारोह हुनेछ। नेपालमा चलचित्र विकास बोर्डका सदस्यसमेत रहेका राजु केसीको नेतृत्वमा पाँच सदस्यीय इन्टरनेसनल फिचर फिल्म कार्यकारी समिति रहेको छ। समितिमा मन्जुकुमार श्रेष्ठ, गौतम धिमाल, सामीप्यराज तिमल्सेना र हृतिका भट्टराई सदस्य रहेका छन्।

प्रकाशित: १२ भदौ २०८० १२:५५ | Tuesday, August 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast