अमनलाल मोदीलाई हटाएर जनमतकी अनिता साहलाई मन्त्री बनाउँदै प्रचण्ड

हिमाल प्रेस २८ साउन २०८० ११:५१ | Sunday, August 13, 2023
अमनलाल मोदीलाई हटाएर जनमतकी अनिता साहलाई मन्त्री बनाउँदै प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज आइतबार मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन्। उच्चस्रोतका अनुसार प्रचण्डले आफ्नै पार्टीबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका अमनलाल मोदीलाई हटाएर चार महिनाअघि सरकारबाट बाहिरिएको जनमतलाई सरकारमा सामेल गराउन लागेका हुन्।

‘जनमतलाई सरकारमा सहभागी गराएर सरकारमा भएका गठबन्धनलाई अझै बलियो बनाउन प्रधानमन्त्री लाग्नु भएको छ,’ उच्च स्रोतले भन्यो, ‘अहिले नै सरकारमा २५ मन्त्री भएकोले माओवादीबाट सामान्य प्रशासनमन्त्री बन्नु भएका अमनलाल मोदीलाई हटाउँदै हुनुहुन्छ।’

प्रधानमन्त्रीले मोदीलाई हटाएर जनमतकी अनितादेवी साहलाई मन्त्री बनाउनेछन्। जनमतले पार्टीकी समानुपातिक सांसद साहलाई यसअघि नै मन्त्रीका लागि सरकारबाट सिफारिस गरिसकेको छ।

प्रचण्डको मन्त्रिपरिषद्‍ अहिले नै २५ सदस्यीय छ। संविधानत उनले यसभन्दा बढी मन्त्री बनाउन नपाउने हुनाले पनि जनमतलाई सरकारमा सहभागी बनाउन वर्तमान मन्त्रिपरिषद्का एक सदस्य हटाउनु पर्ने हुन्छ।

माओवादी केन्द्रसँग प्रधानमन्त्री, गृह, सञ्चार तथा सूचना प्रविधि, ऊर्जा, जलस्रोत तथा सिँचाइ, संघीय मामिला तथा सामान्य प्रशासन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन गरी ६ मन्त्रालय छन्।

माओवादीमा पर्यटनमन्त्री सुदन किराँती वा मोदीमध्ये एक जनालाई हटाउनेबारे छलफल भएको थियो। तर पछिल्लो समय चर्चामा रहेका किराँतीलाई हटाउँदा बाहिर नराम्रो सन्देश जाने पार्टीका नेताहरूको सुझावअनुसार प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले मोदीलाघ हटाउन लागेका हुन्।

जनमत मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै करिब ४ महिनाअघि सरकारबाट बाहिरिएको थियो। अहिले पुनः सरकारमा सहभागी हुने तर पुरानै इच्छाअनुसारको मन्त्रालय पाउनुपर्ने जनमतको जोड छ।

प्रकाशित: २८ साउन २०८० ११:५१ | Sunday, August 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast