प्रचण्डलाई अधिनायकवाद नदेखाउन ओलीको चेतावनी

हिमाल प्रेस २७ साउन २०८० १८:३९ | Saturday, August 12, 2023
प्रचण्डलाई अधिनायकवाद नदेखाउन ओलीको चेतावनी एमाले अध्यक्ष केपी शर्मा ओली। फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले पाकिस्तानी शैलीको राजनीति सुरु गरेको टिप्पणी गरेका छन्। शनिबार काठमाडौँमा गुरु लुइटेल अध्ययन तथा विकास केन्द्र नेपालको साधारणसभामा ओलीले वर्तमान सरकारले पाकिस्तानी शैलीमा राजनीति सुरु गरेको भन्दै पाकिस्तानी राजनीति र प्रतिशोधको राजनीति नगर्न प्रधानमन्त्री प्रचण्डलाई चेतावनी दिए।

उनले सरकारलाई धेरै नहौसिन र अधिनायकवाद नदेखाउन पनि चेतावनी दिए। कांग्रेस सांसद सुनिल शर्मालाई पक्राउ गरेर सरकारविरुद्ध बोल्नेको मुख बन्द गर्न खोजेको र अरुलाई तर्साउन खोजेको ओलीको भनाइ थियो।

सुन तस्करीको विरोध गर्दा सुनिल शर्माका लागि स्कुल पढ्दाको कुरा उठाएर गिरफ्तार गर्नु नांगो नाच भएको ओलीको टिप्पणी थियो। सांसद शर्मालाई अहिलेकोे अवस्थामा पक्राउ गर्नु सामान्य विषय नभएको उनको भनाइ छ। अध्यक्ष ओलीले सुन प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउन नमानेर सरकारले आफू छानबिन गर्छु भन्नु रहस्यमय रहेको आशंका गरे।

एमालेले संसद्मा सुन प्रकरणमा उठेर बोल्न खोल्दा सत्तपक्षले होहल्ला गरेर बोल्न नदिएको जिकिर ओलीको थियो। त्यस्तै उनले कांग्रेस के र कसका लागि पछि लागेको हो भन्ने बुझ्न नसकेको भन्दै देशको नेतृत्व गर्न सक्छु भन्ने आत्मबल नै गुमाइसकेको बताए। उनले चार वटा मन्त्री लिएर साना पार्टीको पछि लाग्ने रहर कांग्रेसमा देखिएको टिप्पणी गरे।

प्रकाशित: २७ साउन २०८० १८:३९ | Saturday, August 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast