अंग्रेजी विषय नै ‘हाउगुजी’

हिमाल प्रेस ३१ साउन २०८० ६:५५ | Wednesday, August 16, 2023
अंग्रेजी विषय नै ‘हाउगुजी’

काठमाडौँ- कक्षा १२ को नतिजामा सबैभन्दा कमजोर अंग्रेजी विषयमा देखिएको छ। मंगलबार सार्वजनिक नतिजा अनुसार अंग्रेजी विषयमा सबैभन्दा बढी विद्यार्थीको एनजी आएको छ।

अंग्रेजीमा १ लाख ९ हजार ५२७ विद्यार्थीको नतिजा एनजी आएको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए।

कक्षा १० को नतिजा हेर्दा गणित विषयमा धेरै विद्यार्थी कमजोर देखिएका थिए। तर, कक्षा १२ को नतिजाको हकमा भने अंग्रेजीमा सबैभन्दा बढी विद्यार्थीको एनजी आएको हो।

धेरै विद्यार्थीहरू अंग्रेजी विषयमा कमजोर दिएको र अन्य विषयमा कम विद्यार्थीको एनजी आएको अध्यक्ष शर्माले बताए।

त्यस्तै नेपाली विषयमा ३८ हजार विद्यार्थीको एनजी आएको छ। गणित विषयमा भने ७ हजार ९०३ विद्यार्थीले एनजी ल्याएका छन्।

राष्ट्रिय परीक्षा बोर्डले आगामी असोज ६ र ७ गते ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ। कक्षा १२ को परीक्षा नतिजामा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीहरूका लागि ग्रेड वृद्धि परीक्षा सञ्चालन हुन लागेको हो।

त्यसका लागि १ विषयमा एनजी आएका विद्यार्थीको संख्या ७९ हजार ५८४ विद्यार्थीले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन्।

यो वर्षको परीक्षामा १ लाख ८२ हजार ९२६ विद्यार्थीले एनजी ल्याएका छन्। ती मध्ये १ लाख २३ हजार विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन्।

प्रकाशित नतिजामा चित्त नबुझेको खण्डमा विद्यार्थीहरूले चित्त नबुझेमा १५ दिन भित्र ५०० रुपैयाँ तिरेर आवेदन दिन सकिनेछ।

प्रकाशित: ३१ साउन २०८० ६:५५ | Wednesday, August 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast