सहकारीपीडितको धर्नामा बसुन्धरा भुसाल

हिमाल प्रेस १५ साउन २०८० २०:३९
8
SHARES
सहकारीपीडितको धर्नामा बसुन्धरा भुसाल

काठमाडौँ- विभिन्न सहकारीमा जम्मा गरेको रकम फिर्ता पाउनुपर्ने मागसहित सहकारी पीडितहरूको धर्नामा अभिनेत्रीहरू बसुन्धरा भुसाल र चैत्यदेवीलगायत सहभागी भएका छन्। सिभिल सहकारीले आफूहरूले जम्मा गरेको रकम फिर्ता नगरेको भन्दै उनीहरू धर्नामा सहभागी भएका छन्।

सहकारीमा जम्मा गरेको रकम फिर्ता नपाउँदा आफूहरू निकै समस्यामा परेको भन्दै उनीहरूले सरकारले उचित तवरले समस्या समाधान गर्न आग्रह गरेका छन्।

भुसालले सहकारीबाट दुःख पाएको तीन वर्ष भएको भन्दै सहकारी सञ्चालकहरूको सम्पत्ति बिक्री गरेर पीडितलाई न्याय दिनुपर्ने बताइन्।

उनले आफूलगायत परिवार १४ जनाको २ करोड ६० लाख तथा भुवन चैत्य बसुन्धरा फाउण्डेसनका तर्फबाट राखिएको १५ लाख समेत फसेको गुनासो गरिन्। उनले सहकारीको बदमासीलाई सरकारले कारबाही गर्नुपर्ने पनि माग राखिन्।

प्रकाशित: १५ साउन २०८० २०:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast