राष्ट्रिय एकतालाई स्थायी गराउनु सबैको कर्तव्य : शेरबहादुर देउवा

हिमाल प्रेस १५ साउन २०८० १९:१४
22
SHARES
राष्ट्रिय एकतालाई स्थायी गराउनु सबैको कर्तव्य : शेरबहादुर देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय एकतालाई स्थायी गराउनु सबैको कर्तव्य भएको बताएका छन्।

कांग्रेस, क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ नुवाकोटले सोमबार काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा देउवाले संविधानको सफल कार्यान्वयन गर्दै राष्ट्रिय एकतालाई स्थायी गराउनु सबैको कर्तव्य भएको बताएका हुन्।

उनले मुलुकमा स्थायी शान्ति स्थापना गर्नुपर्ने र आपसी द्वन्द्वलाई समाप्त पार्दै संघीय गणतन्त्रलाई सुदृढ गर्नुपर्ने धारणा राखे। सबैको सहमतिमा निर्माणमा बनेको संविधानलाई स्थायी रूप दिन यसमा भएका कमकमजोरीलाई सुधार गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ।

प्रकाशित: १५ साउन २०८० १९:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast