सम्सी गाउँपालिकाका लेखापाल राउतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

हिमाल प्रेस १५ साउन २०८० १७:५६
18
SHARES
सम्सी गाउँपालिकाका लेखापाल राउतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान अयोगले महोत्तरीस्थित सम्सी गाउँपालिकाका लेखापाल रौशनकुमार यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। राउतविरुद्ध सम्सी गाउँपालिका-५ मा कोभिड–१९ सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्नपछि भुक्तानी दिने कार्यमा सेवाग्रहीसँग घूस मागेको आरोप छ।

आयोगको बर्दिबासस्थित शाखाले राउतलाई सेवाग्राहीबाट एक लाख २५ हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा पक्राउ गरेको थियो। आयोगका प्रवक्ता भोला दाहालका अनुसार अनुसन्धानको समयमा सम्सी गाउँपालिका–५ का लेखापाल राउतले सेवाग्राहीसँग घूस मागेका थिए।

राउतको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको भन्दै आयोगले बिगो बमोजिम जरिवाना र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद सजाय मागदावी लिई विशेषमा आरोपपत्र दायर गरेको दाहालको भनाइ छ।

प्रकाशित: १५ साउन २०८० १७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + ten =