माओवादी केन्द्रले केन्द्रीय समिति बैठक ‘लाइभ’ गर्ने

हिमाल प्रेस १५ साउन २०८० ११:०२ | Monday, July 31, 2023
माओवादी केन्द्रले केन्द्रीय समिति बैठक ‘लाइभ’ गर्ने पेरिसडाँडास्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालय।

काठमाडौँ- नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण (लाइभ) गर्ने भएको छ। साउन १७ गते बस्ने केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णय भएको सचिव दीनानाथ शर्माले जानकारी दिए।

उनले लोकतान्त्रिक प्रणालीमा सबैलाई बोल्ने अधिकार भएकाले समय तोकेर बोल्न दिइने जानकारी दिए। केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नका लागि सोमबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो। केन्द्रीय कमिटी बैठक पाँच दिनसम्म चल्नेछ।

यसअघि नेपाली कांग्रेसले पनि आफ्नो केन्द्रीय कार्यसमितिको बैठक लाइभ गरेको थियो।

प्रकाशित: १५ साउन २०८० ११:०२ | Monday, July 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast