विद्यार्थीका लागि दुई नाटक

हिमाल प्रेस ११ साउन २०८० १२:५३
8
SHARES
विद्यार्थीका लागि दुई नाटक

पोखरा- पोखरा थिएटरमा विद्यार्थीहरूका लागि नाटक मञ्चन हुने भएको छ। विद्यालयका पाठ्यक्रममा रहेका दुइटा नाटक थिएटरमा प्रस्तुत गरिनेछन्।

कक्षा ८ र १० को पाठ्यक्रममा रहेको भीमनिधि तिवारीको ‘अमर पुत्र’ र ‘घरको माया’ नाटक मञ्चन हुने भएका हुन्। साउन १४, आइतबारबाट सुरु हुने नाटकमा निर्देशन र परिकल्पना परिवर्तनको छ।

यी कथाले विद्यार्थीहरूलाई उनीहरूको समृद्ध स्थानीय संस्कृतिसँग जोड्ने तथा उनीहरूलाई समाज र इतिहासमा कलाको गहिरो प्रभाव भएको कुरा सिकाउने विश्वास निर्देशकको छ।

पोखरा थिएटरमा ‘दुई नाटक’मा सामेल हुन दर्शकलाई आग्रह गरेका छन्। भनेका छन्, ‘मनोरञ्जन र विचार–उत्तेजक अन्तर्दृष्टिको प्रतिज्ञा गर्ने मनमोहक नाटक! आउनु्स दुई नाटकमा सामेल हुनुहोस्।’

प्रकाशित: ११ साउन २०८० १२:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast