पोखरा– बूढीबजार बस्ने २२ वर्षीया अन्जिता भण्डारीको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु भएको छ। बुधबार दिउँसो अन्दाजी ३:५० बजे कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा ९ घलेलको पोखरा क्यानोनिङमा चढ्ने क्रममा उनी एक्कासी लडेर घाइते भएकी थिइन्।
घाइते उनलाई मणिपाल शिक्षण अस्तपताल ल्याइएकोमा चिकित्सकले दिउँसो ४:५० बजे मृत घोषणा गरेको कास्की प्रहरीले जानकारी दिएको छ।
पोखरा क्यानोनिङका ३ जना कर्मचारीलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। ०७० सालदेखि वडाध्यक्षसमेत रहेका राम गुरुङले सञ्चालन गरेको उक्त क्यानोनिङ यहाँको एक पर्यटकीय आकर्षण हो।
प्रकाशित: ११ साउन २०८० ९:५८
प्रतिक्रिया