क्रेस्टको लघु जीवन बिमा सेवा सुरु

हिमाल प्रेस १० साउन २०८० २०:३८
10
SHARES
क्रेस्टको लघु जीवन बिमा सेवा सुरु

वीरेन्द्रनगर- क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले लघुजीवन बिमा सेवाको औपचारिक सुरुवात गरेको छ। सुर्खेतको वीरेन्द्रनगरमा बुधबार एक समारोहमा नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बिमा सेवाको औपचारिक शुभारम्भ गरे।

सो क्रममा पौडेलले नियामकीय प्रबन्धहरूको अनुपालना गर्दै तल्लो तहसम्म बिमा सेवा पुर्‍याउन कम्पनीलाई निर्देशन दिए। प्राधिकरणले नियमन र सहजीकरण दुवैलाई समानान्तर रूपमा लैजाने पनि उनले बताए।

समारोहका सभापति तथा कम्पनी अध्यक्ष ऋषिराज मोरले भच्र्युअल सम्बोधनमार्फत जीवन बिमालेखको वास्तविक आवश्यकता भएका न्यूनआय भएकालाई परम्परागत बिमा कम्पनीमा समेटिन नसकेका वर्गलाई लघु जीवन बीमा सुविधा उपलब्ध गराउन खोजेको बताए।

गरिब र पिछडिएको वर्गको आर्थिक सुरक्षाको लक्ष्य लिएर कम्पनी स्थापना गरेको उनले बताए। परम्परागत बीमा कम्पनीले खासै ध्यान नदिएका उक्त वर्गलाई न्यून बीमा शुल्कमा स–सानो बिमांकको बिमालेख जारी गरी उनीहरूको भौतिक जोखिम बहन गर्ने र आर्थिक सुरक्षा दिने लक्ष्य कम्पनीको रहेको उनले बताए। कम्पनीले अत्याधुनिक प्रविधि प्रयोग गरी दूरदराजका गाउँबस्तीसम्म आफ्ना बिमालेख पुर्‍याउने उनको भनाइ थियो।

प्रकाशित: १० साउन २०८० २०:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fifteen =