अवैध सुनको छलफल माग गर्दै रास्वपाबाट सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

हिमाल प्रेस १० साउन २०८० १४:४२
12
SHARES
अवैध सुनको छलफल माग गर्दै रास्वपाबाट सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले बरामद सुन प्रकरणबारे प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको विषयमाथि छलफल गर्न प्रस्ताव दर्ता गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक सय किलो सुन बरामद भएको विषयमा छलफल गर्न पार्टीले बुधबार संसद् सचिवालयमा प्रस्ताव दर्ता गरेको हो।

प्रस्तावमा नेपालको अर्थतन्त्रमा विचलन तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार परीक्षणको सञ्चालन र त्यहाँको प्रणालीमा नै गम्भीर प्रश्न खडा गरेको औँल्याइएको छ।

उक्त प्रकरणबाट राष्ट्र बैंकको नियमनको उल्लघन भएको, देशको अर्थतन्त्रमा असर पार्ने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको प्रभावकारिता माथि प्रश्न उठाएको रास्वपाको प्रस्तावमा उल्लेख छ।

यस्तै प्रश्नहरूको जवाफको स्पष्ट खाका प्रदान गर्न र सरकारलाई जागरुक बनाउन अत्यावश्यक भएकोले प्रस्ताव अघि सारिएको रास्वपाले जनाएको छ।

ठूलो मात्राको सुन कसरी पत्ता नलागी भन्सार जाँचपास गयो भन्ने विषयमा विस्तृत अनुसन्धान गर्न सरकारलाई माग गर्न, सरकारले अब सुनको अवैध आयात तथा तस्करीको संगठित अपराध नियमन गर्न केकस्तो पहल लिएको त्यसबारे भएको प्रगतिबारे जानकारी माग गर्न र भन्सारभित्रबाट भएका तस्करीको भविष्यमा कडा रोकथामका सम्बन्धमा सरकारले केकस्तो कार्ययोजना पहल गरेको छ भन्ने विषयमा सरकारसँग जानकारी माग गर्न प्रस्ताव दर्ता गरिएको हो।

यस्तै सरकारले बरामद सुनको प्रयोग केकसरी गर्ने सोचेको छ? त्यसको स्पष्ट खाका सरकारबाट माग गर्न, राष्ट्र बैंकबाट जारी परिपत्रअनुसार कडा रूपमा सुनको आयात नियमन गराउन सरकारले गरेको प्रयासबारे जानकारी माग गर्न, सरकारले गरेका विगतका सुन तस्करीको छानबिनको प्रतिवेदन सार्वजनिक गर्न र त्यसपछि अपनाएको नियन्त्रण उपायहरूको विश्लेषणात्मक प्रतिवेदनसमेत माग गर्न प्रस्ताव दर्ता गरिएको रास्वपाले जनाएको छ।

साथै सुन तस्करीमा नेपाललाई नै किन हब र ट्रान्जिटका रूपमा संगठित अपराधीहरूले सजिलै प्रयोग गरिरहेका छन् भन्ने विषयमा अपराधशास्त्रको विन्दुबाट सरकारद्वारा अध्ययन र अनुसन्धान माग गर्न प्रस्ताव दर्ता गरिएको हो।

प्रकाशित: १० साउन २०८० १४:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast