अस्कर कलेजमा ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ हुँदै

हिमाल प्रेस ९ साउन २०८० १४:०७ | Tuesday, July 25, 2023
अस्कर कलेजमा ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ हुँदै

काठमाडौँ- अस्कर फिल्म कलेजले ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ गर्ने भएको छ। कलेजले विज्ञप्ति जारी गर्दै पहिलो युवा सर्ट फिल्म प्रतिस्पर्धाको घोषणा गरेको हो। २० वर्षमुनिको उमेर समूहलाई लक्षित गर्दै उक्त प्रतियाेगिता गराउने कलेजले जानकारी दिएकाे छ। प्रतिस्पर्धामा सहभागीले भदौ २२ गतेभित्र आफ्नो फिल्म पठाइसक्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।

प्रतिस्पर्धामा प्रथम हुने फिल्मलाई एक लाख रुपैयाँ प्रदान गरिनेछ। दोस्रोलाई ५० हजार र तेस्रोलाई २५ हजार रुपैयाँ प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ। विजेता र स्पेसल मेन्सनमा पर्न सफलले अस्कर कलेजमा भर्ना हुन चाहेमा ५० प्रतिशत छात्रवृत्तिसमेत पाउने विज्ञप्तिमा उल्लेख छ।

विजेताहरूको नामावली असोज ५ गते सार्वजनिक गरिनेछ। फिल्म निर्माणमा उदीयमान प्रतिभाहरूको पहिचान गरी विशेष अवसर प्रदान गर्न प्रतिस्पर्धा आयोजना गरिएको कलेजका प्रधानाध्यापक रामराजा दाहालले बताए। अस्कर कलेजले दुई दशकदेखि फिल्मको प्राज्ञिक अध्यापन गराउँदै आएको छ।

प्रकाशित: ९ साउन २०८० १४:०७ | Tuesday, July 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast