भारी वर्षाले तिनाउ र पश्चिम राप्तीमा बाढी, डुबानको खतरा

हिमाल प्रेस ९ साउन २०८० ९:३७
2
SHARE
भारी वर्षाले तिनाउ र पश्चिम राप्तीमा बाढी, डुबानको खतरा

लुम्बिनी- भारी वर्षाका कारण तिनाउ र पश्चिम राप्ती नदीमा बाढी आएको छ।

जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको सूचना अनुसार तिनाउ नदी बाढीमापन केन्द्र बुटबलमा जलसतह खतरा तह भन्दा निकै माथि पुगेको र बढ्दो रहेको छ।

बाढीको उच्च जोखिम रहेकाले तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा स्थानमा हुनेहरू दिउँसो १२ बजेसम्म सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

तिनाउ र दानव नदीमा फसेका दुईजनाको उद्धार गरिएको छ। बुटवल मजुवास्थित तिनाउ नदिको बीचमा दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मिनबहादुर गाहा र दानव नदीमा फसेका अर्का एकजना पुरुषलाई नगर प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको प्रयासमा सकुसल उद्धार गरिएको हो।

तिनाउमा नदीको सतह बढेकाले दाउरा, माछा मार्ने उद्देश्य वा खोला हेर्ने उद्देश्यले नजान सबैमा अनुरोध गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए।

उनले नदीकिनारमा विपदको टोली र नगरप्रहरी खटाएर सावधानी अपनाईएको बताए। नदिकिनार क्षेत्रमा नगरप्रहरीले माईकिङ गर्दै सावधानी र सतर्कता अपनाउन आह्वान गरेको छ। त्यस्तै सैनामैना(८ रामापुरका केही घर डुबानमा परेका छन। इङ्गुरीया नदीमा आएको बाढी बस्तीमा पसेको हो।

प्रकाशित: ९ साउन २०८० ९:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast