एसीसी इमर्जिङ टिम्स कप : भारत ‘ए’ र पाकिस्तान ‘ए’ को फाइनल भिडन्त पक्का

हिमाल प्रेस ६ साउन २०८० ७:०१
एसीसी इमर्जिङ टिम्स कप : भारत ‘ए’ र पाकिस्तान ‘ए’ को फाइनल भिडन्त पक्का

काठमाडौँ- एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा भारत ‘ए’ र पाकिस्तान ‘ए’ फाइनल भिड्ने पक्का भएको छ।

शुक्रबार भारतले बंगलादेश र पाकिस्तानले श्रीलंकालाई हराउँदै फाइनल पुगेका हुन्।

पहिलो सेमिफाइनलमा घरेलु टोली श्रीलंका ‘ए’लाई ६० रनले हराउँदै पाकिस्तान ‘ए’ फाइनलमा पुगेको हो।

३२३ रनको लक्ष्य पछ्याएको श्रीलंका ४५ दशमवल ४ ओभरमा २६२ रनमा अलआउट भयो। ​

श्रीलंकाका दुई जना ब्याट्सम्यान शतक नजिक पुगे पनि टोलीको हार टार्न सकेनन्। एकै समूह दुवै टिम फाइनल पुगेका हुन्। समूह ‘बी’मा भारत र पाकिस्तानसहित यूएई(संयुक्त अरब इमिरेट्स) रहेका थिए। सोही समूहबाट भारत समूह बिजेता र पाकिस्तान समूह उपविजेता बनेका थिए।

श्रीलंकाका लागि अविस्का फर्नान्डो र सहन अराचचिजले समान ९७ रन बनाएका थिए। पाकिस्तानका अर्सद इकबालले ५ तथा मुबासिर र सुफियान मुकिमले २–२ विकेट लिए।

शुक्रबार नै भएको दोस्रो सेमिफाइनलमा बंगलादेश ‘ए’लाई ५१ रनले हराउँदै भारत ए फाइनमा पुगेको हो। भारतले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको बंगलादेश ३४ ओभर २ बलमा १ सय ६० रनमै अलआउट भयो।

अब भारतले उपाधिका लागि आइतबार पाकिस्तान ए सँग खेल्नेछ।

प्रकाशित: ६ साउन २०८० ७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 2 =