राप्रपाको केन्द्रीय सदस्यमा युवालाई प्राथमिकता

हिमाल प्रेस ६ साउन २०८० ६:३६
2
SHARE
राप्रपाको केन्द्रीय सदस्यमा युवालाई प्राथमिकता फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय सदस्यका लागि आवेदन माग गरेका छ।

शुक्रबार पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले सूचना जारी गर्दै २० जना केन्द्रीय सदस्यका लागि आवेदन मागेका हुन्।

सूचनामा भनिएको छ,‘राष्ट्रिय प्रजातन्त्र पार्टीको नवीन राप्रपा अवधारणा अन्तर्गत ४० वर्ष मुनिका थप २० जना व्यक्तिलाई केन्द्रीय सदस्य पदमा मनोनयन गर्ने केन्द्रीय कार्य समिति बैठकको निर्णय अनुसार देहायका योग्यता पुगेका पार्टीमा रहनु भएका तथा पार्टी बाहिर रहेरपनि पार्टीको नीति, सिद्धान्त, एजेन्डा र उद्देश्यप्रति प्रतिबद्ध रही राप्रपाको केन्द्रीय सदस्य भई सक्रिय राजनीति गर्ने चाहना भएका नेपाली नागरिकबाट खुला आवेदन माग गरिएको छ।’

प्रवक्ता श्रेष्ठका अनुसार आवेदन ३० दिनभित्र दिनुपर्ने छ । आवेदनका लागि पार्टीको इमेल [email protected] मा आफ्नो व्यक्तिगत विवरण तथा कार्ययोजना पठाउनु पर्ने राप्रपाले जनाएको छ ।

यस्ता छन् मापदण्ड

क. उदीयमान प्राज्ञिक युवा तथा महिला

ख. राजनैतिक फाँटमा सक्रिय रहेका र भावी नेतृत्व विकासको सम्भावना बोकेका

ग. राप्रपाको सिद्धान्त, नीति र उद्देश्य प्रति प्रतिबद्ध

घ. सूचना प्रविधि र सामाजिक सञ्जाल परिचालनमा पोख्त

ङ. नेपालको बहु भाषाको ज्ञान भएको

च. प्रत्यक्ष निर्वाचनमा पार्टीको उम्मेदवार बन्ने प्रतिबद्धता जनाउने

 

प्रकाशित: ६ साउन २०८० ६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast