मीनबहादुर गुरुङलगायतलाई तत्काल नछाड्न सर्वोच्चको आदेश

हिमाल प्रेस ५ साउन २०८० १७:००
26
SHARES
मीनबहादुर गुरुङलगायतलाई तत्काल नछाड्न सर्वोच्चको आदेश भाटभटेनी सुपरमार्केटका सञ्चारक मीनबहादुर गुरुङ।

काठमाडौँ- मीनबहादुर गुरुङलगायतलाई तत्काल नछाड्न सर्वोच्च अदालतले आदेश दिएको छ।

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सुधीरकुमार शाह, धर्मप्रसाद गौतम र मीनबहादुर गुरुङको बन्दी प्रत्यक्षीकरणको रिट अदालतले खारेज गरेको हो। न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले सुधीरकुमार शाह सहितले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको हो ।

हदम्याद नाघिसकेको घटनाको अनुसन्धानमा आफूहरुलाई गैरकानूनी रुपमा पक्राउ गरेको भन्दै १३ असार २०८० मा ललिता निवास प्रकरणका आरोपितहरु सुधीरकुमार शाह, धर्मप्रसाद गौतम र मीनबहादुर गुरुङ सर्वोच्च अदालत गएका थिए।

प्रकाशित: ५ साउन २०८० १७:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast