काठमाडौँ- कान्तिपुर टिभी एचडीमा प्रसारण हुँदै आएको चर्चित कार्यकम ‘ह्वाट द फ्लप’ को प्रसारण बन्द गरिएको छ।
टिभीले आज (बिहीबार) सूचना जारी गर्दै कार्यक्रमको उत्पादन र प्रसारणसमेत रोकिएको जानकारी दिएको हो।
महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रम बन्द गरेको सूचनामा भनिएको छ। उक्त ठाउँमा अर्को उत्कृष्ट कार्यक्रम ल्याउने पनि सूचनामा उल्लेख छ।
गत असार २३ गते प्रसारित ‘ह्वाट द फ्लप’ कार्यक्रममा सञ्चालक सन्दीप क्षेत्रीले कलाकार पल शाहसँग अन्तर्वार्ता लिएका थिए। उक्त कार्यक्रममा विवादित बन्यो।
महिलाको मजाक बनाइएको भन्दै टिमको सामाजिक सञ्जालमा व्यापक आलोचना पनि भयो र अन्त्यमा छनोट गरिएका पात्रसँगको संवाद हाम्रो सम्पादकीय नीतिविपरीत रहेको कारण देखाउँदै कान्तिपुर टिभीले उक्त एपिसोड युट्युबाट हटाएको थियो।