कांग्रेस बैठकमा प्रकाश रसाइली : महामन्त्रीहरू बिचरा चरी जेलैमा

हिमाल प्रेस ४ साउन २०८० १३:२८
58
SHARES
कांग्रेस बैठकमा प्रकाश रसाइली : महामन्त्रीहरू बिचरा चरी जेलैमा

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’ले एक वर्षसम्म पार्टी केन्द्रीय कार्यसमितिको बैठक नराखेको भन्दै नेतृत्वप्रति आक्रोश पोखेका छन्। मंगलबारदेखि सुरु पार्टी बैठकको तेस्रो दिन आज उनले पार्टीले जनताको मुद्दा सम्बोधन गर्न नसकेकोले आफूहरू टुलुटुलु हेरेर बस्न बाध्य भएको बताएका हुन्।

‘११ महिनासम्म बैठक राख्न नसक्ने पार्टीले कसरी जनअपेक्षा सम्बोधन गर्छ? हामी केन्द्रीय सदस्य कहिले बैठक बस्ला भनेर टुलुटुलु हेरेर कुर्न बाध्य भएका छौँ’ उनले भने।

रसाइलीले अहिले महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मालाई कुनै अधिकार नदिएर विचरा बनाइएको टिप्पणी गरे। उनले भने, ‘महामन्त्रीहरू बिचरा बबुरा चरी जेलैमा, सबै अधिकार सभापतिलाई हुने रहेछ। अनि केही कुरा हुँदैन, त्यही भएर सबै कुरा बाहिर आउँछ। सभापतिले पनि महामन्त्रीलाई सघाउनुपर्छ।’

पार्टीमा गुटबन्दी मौलाएको भन्दै उनले चिन्ता पनि व्यक्त गरे। उनले भने, ‘पार्टीभित्र चरम गुटबन्दी छ। ८ लाख ६६ हजार कार्यकर्ताका लागि मात्रै राजनीति गरिरहेका छौँ कि अरु जनताबारेमा पनि सोचेका छौँ। अमेरिका बस्ने र दुबईमा बस्ने युवाले हाम्रोबारे सामाजिक सञ्जालमा के कमेन्ट गरेको छ हेरेका छौँ हामीले?’

उनले २०६३/६३ को दोस्रो जनआन्दोलनमा जन्मिएको बच्च बालिग भए युरोप र अमेरिका जान्छु भन्दा तिनका लागि दलहरूले कुनै योजना ल्याउन नसकेको पनि बताए।

‘नेपाली कांग्रेस ३० वर्षयता सत्तामा छ। बीपीसँग समय थियो, सत्ता थिएन भन्नु हुन्छ महामन्त्रीजीले’, उनले भने, ‘महामन्त्रीले यो बैठकमा कार्ययोजना प्रस्तुत गर्नु भएको छ। तर त्यसमा सामाजिक न्याय र महिला हिंसा किन समेटिएको छैन? दलितलाई पनि बेवास्ता गरिरहेका छौँ अनि कसरी पार्टी जीवन्त हुन्छ।’

पार्टीलाई बलियो बनाउन डा. शेखर कोइरालाले नेतृत्वलाई निरन्तर साथ दिइरहेको पनि उनले बताए।

प्रकाशित: ४ साउन २०८० १३:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast