काठमाडौँ- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला नेपाल केसीले महामन्त्री गगनकुमार थापाले भन्दै आएको नेतृत्व परिवर्तनको अभिव्यक्तिमा प्रश्न उठाएकी छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगबारदेखि जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले नेतृत्व परिवर्तनको विषय बेमौसमी बाजा भएको बताएकी हुन्।
‘नेतृत्व परिवर्तनको कुरा उठेको छ यो बेमौसमको बाजा जस्तो लाग्छ। भर्खरै अधिवेशन सकेको धेरै समय भएको छैन,’ उनले भनिन्, ‘जसलाई नेतृत्व सुम्पेको छौँ, विधानअनुसार सभापति चयन गरेको छौँ, उहाँलाई काम गर्न दिनुपर्छ।’
महामन्त्री थापाले पछिल्लो समय पार्टी नेतृत्वमात्रै नभई संसदीय दलको नेतृत्व पनि परिवर्तन हुनुपर्ने बताउँदै आएका छन्। उनले सभापति शेरबहादुर देउवाबाट अब पार्टी नचल्ने पनि बताएका छ्न्।
प्रकाशित: ४ साउन २०८० १२:४२
प्रतिक्रिया