सीताले शान्त मृत्यु राेजिन् : प्रचण्ड

हिमाल प्रेस २ साउन २०८० १३:३८
8
SHARES
सीताले शान्त मृत्यु राेजिन् : प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी स्वर्गीय सीता दाहालको स्मरणमा श्रद्धाञ्जली सभा गरिएको छ।

गत असार २७ गते निधन भएकी स्व. दाहालको स्मरणमा मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा श्रद्धाञ्जली सभा गरिएको हो।

श्रद्धाञ्जली सभामा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्ययाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीहरू, प्रदेश प्रमुख र मुख्यमन्त्रीहरु, सांसदहरु, राजदूत तथा कुटनीतिक नियोगका प्रतिनिधिहरू लगायत शुभेच्छुक तथा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो।

श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो जीवनसंगिनीको उपचारमा संलग्न चिकित्सकहरुलाई धन्यवाद दिए। उनले स्व. दाहालको उपचार राज्यबाट कुनै सुविधा नलिइकन सबै खालको उपचार पद्धतिबाट गरिएको स्मरण गरे। उनले जीवनसंगिनी सीताले शान्त मृत्यु रोजेको उल्लेख गरे।

प्रधानमन्त्री दाहालले अस्पतालदेखि पार्टी कार्यालय र आर्यघाटदेखि बालुवाटारसम्म स्व.सीता दाहालले पाएको सम्मान र श्रद्धाञ्जली उनको त्याग, तपस्या र बलिदानप्रति जनताको न्याय र सम्मान भएको आफूहरूले ठानेको उल्लेख गरे।

प्रकाशित: २ साउन २०८० १३:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast