काठमाडौँ- राजनीतिक विश्लेषक मुमाराम खनालको स्तम्भ ‘विभाजन रेखा’ अब युट्युबमा आउने भएको छ।
खनालले सोमबार विभाजन रेखाको प्रारूप सार्वजनिक गरेका हुन्। विभाजन रेखा अबदेखि हरेक सोमबार ‘मुमाराम खनाल’ युट्युब च्यानलमा आउने छ।
कार्यक्रममा समाज, राजनीति, अर्थनीति, संस्कृतिजस्ता विषयको उठान, विरोधाभासको पहिचान र समाधानको उपायबारे चर्चा गरिने खनालले बताएका छन्।
खनालले यसअघि विभिन्न पत्रपत्रिका, अनलाइन लगायतमा ‘विभाजन रेखा’ स्तम्भमार्फत टिप्पणी लेख्दै आएका थिए।
प्रकाशित: १ साउन २०८० १८:३४
प्रतिक्रिया