वायु सेवा निगमले असारमा तिर्‍यो ८३ करोड ऋण

हिमाल प्रेस १ साउन २०८० १६:२५
6
SHARES
वायु सेवा निगमले असारमा तिर्‍यो ८३ करोड ऋण

काठमाडौँ- नेपाल वायु सेवा निगमले असारमा मात्रै ८३ करोड रुपैयाँ ऋण तिरेको छ। निगमले दुई वाइडबडी र दुई न्यारोबडी खरिदका लागि लिएको ऋणको असारको दायित्वस्वरूप ८३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ तिरेको हो। यसअघि निगमले गत वर्ष असारदेखि चैतसम्म २ अर्ब ९४ कराेड २८ लाख ६५ हजार ८४४ रुपैयाँ किस्ता रकम तिरेकाे थियाे।

प्रकाशित: १ साउन २०८० १६:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =