चोरीपैठारी नियन्त्रणबाटै सशस्त्रले उठायो १ अर्ब २६ करोड बढीको राजस्व 

हिमाल प्रेस १ साउन २०८० १३:५६
16
SHARES
चोरीपैठारी नियन्त्रणबाटै सशस्त्रले उठायो १ अर्ब २६ करोड बढीको राजस्व 
काठमाडौँ- सशस्त्र प्रहरी नेपालले आर्थिक वर्ष २०७९/०८० मा चोरीपैठारीका सामान नियन्त्रणबाट १ अर्ब २६ करोड ४४ लाख २४ हजार ३ सय ७० रुपैयाँ बराबरको भन्सार दाखिला गरेको छ।
आर्थिक वर्ष २०७८/०७९ को भन्दा यस आर्थिक वर्षमा करिब २७ प्रतिशत बढी दाखिला भएको हो।
सो अवधिभर सशस्त्र प्रहरी बल नेपालका विभिन्न युनिटहरूले साउनमा ९ करोड ७९ लाख ३ हजार ३ सय ३४ रुपैयाँ, भदौमा ११ करोड २५ लाख ११ हजार ७ सय २० रुपैयाँ, असोज महिनामा ८ करोड, ७४ लाख ९४ हजार ६ सय ८३ रुपैयाँ, कात्तिक महिनामा ६ करोेड ९१ लाख ५८ हजार ५ सय ९  रुपैयाँ बराबरको मालसामान बरामद गरेका थिए।
त्यस्तै मंसिरमा ८ करोड ४८ लाख ५१ हजार ३ सय ५३ रुपैयाँ, पौसमा १७ करोड ५८ लाख ५० हजार २ सय ८३ रुपैयाँ, माघमा ८ करोड १९ लाख ९६ हजार ७ सय ५३ रुपैयाँ, फागुनमा ८ करोड ७९ लाख ६० हजार १ सय ६५ रुपैयाँ बराबरको भन्सार दाखिला भएको थियो।
साथै चैत्रमा ११ करोड, १८ लाख ३० हजार २ सय ६२ रुपैयाँ वैशाखमा १३ करोड ८१ लाख ८९ हजार ९ सय ३१ रुपैयाँ, जेठमा ११ करोड ४३ लाख ६४ हजार ६ सय १ रुपैयाँ र असार महिनामा १० करोड, २३ लाख १२ हजार ७ सय ७७ रुपैयाँ रहेको छ।
आर्थिक वर्ष २०७९/०८० मा सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरुले सोही मूल्य बराबरको अवैध चोरीनिकासी बरामद, वन पैदावार, सुनचाँदी र अवैध रुपैयाँ बरामद गरी भन्सार दाखिला गरेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता तथा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले बताए।
सो अवधिमा नं. १ बराह बाहिनी मुख्यालय सुनसरीले २८ करोेड ७३ लाख ४५ हजार ५ सय ९३ रुपैयाँ, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले ६५ करोड, ७० लाख २६ हजार ६ सय ९५ रुपैयाँ, नं. ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरले १ करोड ९० लाख ९९ हजार ६ सय ६८ रुपैयाँ, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीले २ लाख ८१ हजार ४ सय रुपैयाँ बरामद गरी भन्सार दाखिला गरेको  हो।
त्यस्तै नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीले २२ करोड १६ लाख १५ हजार ७ सय ६६ रुपैयाँ र नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले ७ करोड ८३ लाख ४५ हजार २ सय ४८ रुपैयाँ भन्सार दाखिला गरेको समेत बरिष्ठ उपरीक्षक खड्काले जानकारी दिए।
सशस्त्र प्रहरी बल, नेपालले सीमा क्षेत्रको सुरक्षालाई थप मजबुद बनाउनको लागि बीओपीको संख्या बढाउनुको साथै सीसी क्यामेरा जडान र मनिटरिङ्गलाई समेत विशेष महत्व दिएको  सशस्त्रले जनाएको छ।
प्रस्तावित सीमा सुरक्षा गुल्ममा सशस्त्र प्रहरी नायव उपरीक्षकको कमाण्ड रहने व्यवस्था गरी समन्वयको पक्षलाई बढी प्रभावकारी बनाउनुको साथै सीमा क्षेत्रमा खटिएका सवै सरोकारवाला निकायहरुसँग सुमधुर सम्बन्धका साथ प्रभावकारी रूपमा समन्वय हुँदै आइरहेको समेत प्रवक्ता खड्काले बताए।
प्रकाशित: १ साउन २०८० १३:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 6 =