स्नातकमा मनोविज्ञान पढाउँदै नेसनल कलेज

हिमाल प्रेस ३१ असार २०८० १९:०३
406
SHARES
स्नातकमा मनोविज्ञान पढाउँदै नेसनल कलेज

काठमाडौँ- धुम्बाराहीस्थित नेसनल कलेजले स्नातक तहमा मनोविज्ञान (ब्याचलर अफ साइकोलोजी) विषय पढाउने भएकाे छ। नेसनल कलेजले काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यमा स्नातकमा मनोविज्ञान अध्यापन गर्न लागेकाे हाे।

कलेजले आइतबार मनाेविज्ञान विषयको पाठ्यक्रम सार्वजनिक गरेकाे छ। कलेजले नेपालमा पहिलोपटक मनोविज्ञान विषयको स्नातककाे पाठ्यक्रम सार्वजनिक गरिएकाे दाबी गरेको छ।

कलेजले काठमाडौँ विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयका विज्ञहरूको सहयोगमा यो कार्यक्रम तयार पारेको हो।  त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा केही क्याम्पसमा यस विषयकाे अध्यापन गरिरहेकाे छ। तर अहिलेसम्म पाठ्यक्रम निर्धारण नगरेकाे कलेजका अधिकारीहरूकाे भनाइ छ।

नेसनलले त्रिविका सम्बन्धित विज्ञहरूसँगको सुझावमा उक्त पाठ्यक्रम तयार गरेको जनाएको छ।

प्रत्येक सेमेस्टरमा पाँच विषय रहेको र आठ सेमेस्टरमा सकिने गरी चारवर्षे पाठ्यक्रम तयार पारिएको क्याम्पसका अध्यापक कृपा सिग्देलले जानकारी दिइन्।

उनका अनुसार पहिलो वर्षको दुई सेमेस्टरमा प्रत्येक एकाइमा तीनतीन गरी क्रेडिट गरी जम्मा ३५ क्रेडिट रहेको छ। त्यस्तै दोस्रो वर्षमा ३६ क्रेडिट, तेस्रो वर्षमा ३६ क्रेडिट र चौथो वर्षमा २१ क्रेडिट गरी पुरा पाठ्यक्रममा १ सय २६ क्रेडिट रहेको छ।

पाठ्यक्रममा मनोविज्ञानसँग सम्बन्धित परिचय, इतिहास, सिद्दान्तहरू, कसरी अध्ययन गर्नेलगायत विज्ञान, समाजिक, आर्थिक विषयलाई समेटिएको उनले बताइन्। पाठ्क्रमअनुसार पढाइ आधारभूत र प्रयोगात्मक शैलीमा हुनेछ।

नेसनल कलेजले यसैवर्षदेखि पढाइ सुरु गर्ने भएको छ। १२ पास गरेका र मनोविज्ञान विषय पढ्न इच्छुकहरू अब विदेश जानुनपर्ने भएको कलेजकाेभनाइ छ। ‘विद्यार्थीको अत्यधिक माग र मनोविज्ञानबारे अध्ययन गर्न धेरै विदेशिने गरेका छन्। उनीहरूलाई नै मध्यनजर गर्दै कलेजमा पढाउने निर्णय गर्‍यौं,’ उनले भनिन्।

स्नातकमा पूरा मनोविज्ञानबारे अध्ययन नभएकोले पनि सुरु गरिएको उनकाे भनाइ छ। बाल्यकालदेखि नै मनोविज्ञानबारे जानकारी हुन आवश्यक रहेको उनको भनाइ थियो। ‘यो बालबालिकाको मष्तिस्क विकासका लागि बढी महत्त्वपूर्ण रहेको छ,’ उनले भनिन्।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्राध्यापक डा. रीता श्रेष्ठ उपस्थित थिइन्। यस्तै प्राध्यापक डा. नन्दिता शर्मा, अध्यक्ष बद्रीदेव पाण्डे, प्रधानाध्यापक माधवप्रसाद न्यौपाने, क्याम्पसका विभिन्न विषयका प्राध्यापक र स्नातक तहमा अध्ययनरत विद्यार्थीको सहभागिता थियाे।

प्रकाशित: ३१ असार २०८० १९:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast