काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजसम्बन्धी विधेयक छिट्टै अघि बढाउने बताएका छन्। शनिबार चितवनमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सदनमा पुगेको विधेयक नै अघि बढाउने बताएका हुन्।
त्यसका लागि छलफल भइरहेको उनले बताए। यसअघि संसद् अवरोधका कारण विधेयक पारित हुन नसकेको उनको भनाइ थियो। अब बस्ने संसद् बैठकबाट विधेयक अघि बढाउने उनले बताए।
मिटरब्याजी विरुद्धको उजुरी नलिने र छानबिनका क्रममा पीडितको पक्षमा न्याय हुने काम नरोकिने उनको भनाइ छ। त्यस्तै ललिता निवास प्रकरणमा व्यक्ति हेरेर नभई प्रहरीले तथ्य र प्रमाणका आधारमा अनुसन्धान गर्ने उनले बताए।
प्रकाशित: ३० असार २०८० १५:४८
प्रतिक्रिया