जापान सरकारद्वारा मानसिक स्वास्थ्य उपचार केन्द्र हस्तान्तरण

हिमाल प्रेस २९ असार २०८० १६:२८
2
SHARE
जापान सरकारद्वारा मानसिक स्वास्थ्य उपचार केन्द्र हस्तान्तरण

काठमाडौँ- जापान सरकारको सहयोगमा निर्माण भएको मानसिक स्वास्थ्य उपचार केन्द्र नेपाललाई हस्तान्तरण गरिएको छ।

शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा नेपालका लागि जापानका राजदूत किकुता युताकाले केन्द्र हस्तान्तरण गरेका हुन्।

कोशिशले सञ्चालन गरिरहेको केन्द्रमा मानसिक स्वास्थ्य थेरापी भवन बनाउन जापान सरकारले ३ करोड ५३ लाख रुपैयाँ सहयोग गरेको छ।

कोशिश सन् २००८ मा स्थापना भएको गैरसरकारी संस्था हो। जसले मानसिक स्वास्थ्यको समस्या भोगिरहेकाहरूको उपचार र संरक्षण गर्दै आइरहेको छ।

केन्द्र हस्तान्तरण गर्दै राजदूत युताकाले भने, ‘यो केन्द्रले मानसिक रूपमा समस्या भोगिरहेकाहरूको स्वास्थ्य सुधारमा सघाउने छ र स्वस्थ नेपाल बनाउन सघाउने मेरो विश्वास छ।’

प्रकाशित: २९ असार २०८० १६:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast