सोमपालको अर्धशतकमा पनि पाकिस्तानलाई सामान्य लक्ष्य

हिमाल प्रेस २९ असार २०८० १३:४१
24
SHARES
सोमपालको अर्धशतकमा पनि पाकिस्तानलाई सामान्य लक्ष्य तस्बिर : क्यान

काठमाडौँ- सोमपाल कामीको उत्कृष्ट ब्याटिङको सहयोगमा पनि नेपालले पाकिस्तान ए लाई १ सय ८० रनको सामान्य लक्ष्य दिएको छ।

श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा नेपाल ३७ ओभरमा अलआउट हुँदै १ सय ७९ रन मात्र बनाएको थियो।
नेपालका लागि सोमपाल र प्रतिश जीसीबाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन्।

कामीले ९ चौका र २ छक्काको सहयोगमा ७५ रनको अर्धशतकीय इनिङ खेले।

१५ दशमलब ४ ओभरमा ७२ रनमा ८ विकेट गुमाएको नेपालका लागि सोमपाल र प्रतिशको साझेदारीबाट टोली लज्जास्पद सम्मानजनक योगफलसम्म पुग्यो।

पाकिस्तान ए लाई नेपालले १ सय ८० रनको लक्ष्य दिएको छ।

प्रतिशले २४ बलमा १ चौका र २ छक्काको सहयोगमा २६ रन बनाए। १५ दशमलब ४ ओभरमा ७२ रनमा ८ विकेट गुमाएको नेपालका लागि सोमपाल र प्रतिशको साझेदारीबाट टोली लज्जास्पद सुम्मानजनक योगफलसम्म पुग्यो ।

१० औँ विकेटका लागि सोमपाल र ललितनारायण राजवंशीले ५८ बलमा ४९ रनको महत्वपुर्ण साझेदारी गरे । राजवंशी १ रनमा अविजित रहे।

यसअघिका ब्याट्सम्यान अर्जुन साउद तथा कुशल मल्लले समान १७÷१७ रन, गुलसन झाले १९ बलमा १ चौकाको सहयोगमा १३ रन बनाए। ओपनर आसिफ शेख १२ रन बनाए। अन्य नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ३७ ओभरमा अलआउट हुँदै १ सय ७९ रन मात्र बनायो।

पाकिस्तान ए का लागि शाहनवाज दहानीले ५ तथा मोहम्मद वासिम जुनियरले ४ विकेट लिए। मुबासिर खानले १ विकेट लिए।
पाकिस्तान राष्ट्रिय टोलीबाट खेलिसकेका मोहम्मद हरिसको कप्तानीमा पाकिस्तान ए टोली रहेको छ।

टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेका मोहम्मद वासिम जुनियर तथा शाहनवाज दाहानी समेत रहेका छन्। नेपाल भने कप्तान रोहित पौडेलको कप्तानीमा मैदान उत्रदैछ।

 

प्रकाशित: २९ असार २०८० १३:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =