निर्माण कार्यको म्याद थप्न माग गर्दै निर्माण व्यवसायी धर्नामा

हिमाल प्रेस २९ असार २०८० १२:१२
2
SHARE
निर्माण कार्यको म्याद थप्न माग गर्दै निर्माण व्यवसायी धर्नामा

काठमाडौँ- नेपाल निर्माण व्यवसायीले निर्माण कार्यको म्याद थप गर्न माग गर्दै धर्ना दिएका छन्। शुक्रबार काठमाडौँको माइतीघर मण्डालमा भेला भइ निर्माण व्यवसायीहरूले अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गर्दै धर्ना दिएका हुन्।

उनीहरूले निर्माण व्यवसायीले गरेको कामको भुक्तानी अर्थमन्त्रीले नदिने भनेको भन्दै अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताए।

अर्थमन्त्री, अर्थसचिव र विकासे मन्त्रालयका मन्त्रीले पनि निर्माण व्यवसायीले गरेका भुक्तानी कुनैपनि किसिमबाट गर्ने प्रतिवद्धता जनाएपनि असार मसान्तसम्म निर्माण व्यवसायीले गरेका कामको भुक्तानी नपाएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए।

उनले सरकारले भुक्तानी नदिँदा बैंकले निर्माण व्यवसायीलाई कालोसूचिमा राखेको, मजदूरलाई पारिश्रमिक दिन नसकेको लगायतका समस्या झेल्नुपरिरहेको बताए। अध्यक्ष सिंहले सरकारले भुक्तानी गर्न नसके तत्काल यस्ता आयोजनाहरु खारेज गर्नुपर्ने बताए।

 

प्रकाशित: २९ असार २०८० १२:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 6 =